साप्ताहिक संवाददाता
पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’सार्वजनिक भएको छ । अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले सयुक्त रुपमा सोमबार खड्काको नियत सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेपाल लाइभका सम्पादक नारायण अमृतले यस्ता विषयमा कमै लेखकले लेखेको बताए । मिठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको भन्दै नारायण अमृतले खड्काको प्रशंसा गरेका थिए ।
अभिनेत्री रेखा थापाले किताब असाध्यै मन परेको टिप्पणी गरिन् । उनले किताब माथि फिल्म बनाउन मन लागेको समेत बताएकी थिईन् ।
अर्की अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन् । ‘कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ । धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यबहार भोग्नुपरेन ।’
त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएको मा आफू प्रभावित भएको आशय व्यक्त गरिन ।