साप्ताहिक संवाददाता
लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने पहिलो नेपाली कलाकार हुन सक्ने बताईएको छ ।
जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सी सिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरेका थिए ।
गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गिती एल्वममा स्वर र संगीत दिएका छन् ।
जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा डाकिएको सांगीतिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए ।