साप्ताहिक संवाददाता
महिलाहरु उत्पीडनमा छन् । धैरैलाई थाहा छ । धेरै महिला उत्पीडनका खबरहरु पनि सार्वजनिक भैरहन्छन् । तर, यहाँ पुरुषहरु पनि उत्पीडनमा छन् भन्ने कुरा खासै सार्वजनिक भएका छैनन् ।
अबका लेखकहरुले पुरुष उत्पीडनका कथालाई पनि प्राथमिकता दिनु पर्ने भन्दै अभिनेत्री रेखा थापाले सुझाव दिएकी छिन् । उनले महिला उत्पीडनमा परेका खबर धेरै आए पनि यही समयमा पुरुषमाथि भइरहेका शोषणका कथा भने ओझेलमा परेको टिप्पणी गरेकी हुन् ।
यसै साता राजधानीमा भएको एक कार्यक्रममा वक्ताका रुपमा पुगेकी थापाले भनिन्– ‘यहाँ महिलामात्रै पीडित छैनन्, पुरुष पनि पीडित छन्,’ उनले बहसका क्रममा भनेकी छिन्– ‘हामी ती पुरुषका पीडा लेखिएका किताब पनि पढ्न चाहन्छौँ । हो, हामी साँच्चै ति पुरुषका दर्दनाक कथा पनि पढ्न चाहन्छौँ ।’
उनले सोही कार्यक्रममा राजनीतिकदेखि कला क्षेत्र सबैमा ‘डबल स्ट्यान्डर्ड’का नियत भएका मान्छे रहेको टिप्पणी गर्दै भनेकी छिन्, ‘मेरो प्रश्न समाजलाई छ, तपाईंहरू जुन नियतले कलाकारलाई हेर्नुहुन्छ, त्यसरी नै आफ्नो छोरीचेलीलाई त हेर्नुहुन्न ?’