आमालाई सम्झिदै ऋचाले लेखिन भावुक स्टाटस

- साप्ताहिक संवाददाता

माघ १, २०७६

अभिनेत्री ऋचा शर्माले आफ्नी आमाको १३ औँ दिनको पुण्य तिथीमा आमाको सम्झना निक्कै लामो स्टाटस पोस्ट गरेकी छिन् । उनले आफ्नी आमालाई भावपूर्ण श्रद्धाञ्जली दिदै आफ्नो जिन्दगीको खालीपन कहिल्यै पुरा नहुने उल्लेख गरेकी छिन् । 

उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेकी छिन् ‘आज हाम्री आमाको १३ औँ पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ । एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसका साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ ।’

उनले अगाडी लेखेकी छिन् ‘एउटा साथी, एउटा संरक्षक, दु:ख बिसाउने काख सबै गुमाएको छु । हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दु:खमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा...।

उनी अझैं अगाडी भन्छिन्– ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन । आज यो वाक्यलाई सही रुपले बुझेको छु । त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिाडाउँछु । शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ ।’

 

प्रकाशित :माघ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×