माघे संक्रान्तिमा एकनारायण भण्डारीको ऐना हेरी हेरी

- साप्ताहिक संवाददाता

माघ १, २०७६

नेपाली आधुनिक गीत होस् अथवा लोक दोहोरी गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नाम अग्र पंक्तिमा आउँछ । उनले थुप्रै लोक तथा आधुनिक गीतहरु सिर्जना गरेका छन् । जुन लोकप्रिय पनि छन् । उनै सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजना नयाँ गीत सार्वजनिक भएको छ ।

माघे संक्रातिको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा गायक बिमल राज क्षेत्री र बिष्णु माझीलाई सुन्न सकिन्छ । ‘ऐना हेरी हेरी’बोलको उक्त सार्वजनिक गीत एकनारायण भण्डारीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

गीतको म्यूजिक भिडियोमा भने कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन् । सान थापाले निर्देशन गरेको गीतको म्यूजिक भिडियो अर्जुन तिवारीको टिम छायांकन गरेको हो । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×