साप्ताहिक संवाददाता
ओस्कार एवार्ड विजेता अभिनेता लियोनार्दो डि क्याप्रियकी आमा इरमेलिनले छोराबाट एउटा अनौठा कुराको चाहना गरेकी छिन् । उनी आफ्ना छोराले उनकी प्रेमिका केमिला मोरोनलाई विवाहका लागि प्रस्ताव राखून् भन्ने चाहेकी छिन् ।
एउटा अनलाइनले जनाएअनुसार इरमेलिनलाई के कुराको डर छ भने लियोनार्दोको व्यवहारका कारण उनले राम्री युवतीलाई गुमाउनेछन् । लियोनार्दो र केमिलीलाई सार्वजनिक रूपमै धेरै पटक देखिएको छ ।
रोचक कुरा के छ भने यी अभिनेतालाई केही समयअघि चर्चित मोडल केन्डल जेनरसँग एउटा क्लबमा देखिएका थिए ।
लियोनार्दो र केमिलासँग हालै इटलीमा बिदा मनाउने क्रममा आमा इरमेलिनले केमिलालाई बुहारीका रूपमा हेर्न चाहेको मनसाय व्यक्त गरेकी थिइन् । तर, उनी आफ्ना छोराको प्रेमिका परिवर्तन गरिरहने बानीका कारण चिन्तित छिन् । केमिली हलिउड अभिनेता अल पचिनोकी छोरी हुन् ।