साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रकी नम्बर वान नायिका हुन् – रेखा थापा । अभिनय मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी यि अभिनेत्रीले निर्माण तथा निर्देशनको काम समेत गर्न भ्याईन् । पछिल्लो केहि समय चलचित्र चलचित्र निर्माणमा सुस्ताएकी रेखाले नयाँ चलचित्र निर्माणमा जुटेकी छिन् । उनले आफ्नो आगामी चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँग स्क्रिन शेयर गर्ने छिन् ।
माघे संक्रान्तिको अवसरमा अभिनेत्री थापाले सौगात मल्ल र दयाहाङ राईसँग टिमअप गर्न लागेको जानकारी दिएकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रेखाले यि दुई अभिनेतासँग स्क्रिन शेयर गर्ने छिन् । यो चलचित्र सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भएको छ । चलचित्र आगामी बैशाखबाट फ्लोरमा जाने बताईएको छ ।
नाम जुराउन बाँकी रहेको यो चलचित्रको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । चलचित्रको कथालेनै सौगात र दयालाई मागेको रेखाले बताएकी छिन् ।