साप्ताहिक संवाददाता
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण सुरु भएको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु भएको छ । बुधबारबाट फ्लोरमा गएको यो चलचित्रले सरोगेसी (कोख भाडामा) को कथालाई प्रस्तुत गर्ने छ । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
यो चलचित्रमा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकार पनि देखिने छन् । रञ्जित रौनियारले निर्देशन सुरु गरेको यो चलचित्रको उद्धव पौडेल प्रस्तुतकर्ता रहेका छन् । चलचित्रका निर्माता निरक पौडेल हुन् ।
निर्देशक रञ्जितकै कथा, शैलेश काडेल क्षेत्रीको पटकथा र संवाद रहनेछ । चलचित्रमा शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी रहने निर्माण टिमले जनाएको छ ।
चलचित्रको सम्पूर्ण छायांकन बिर्तामोड र इलाममा गरिनेछ ।