साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘साङ्लो’ आगामी २४ माघदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र सुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छतिवन ताललगायतका लेकाली भेगमा छायांकन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा चलचित्र निर्माणका लागि भर्जिन क्षेत्र रहेकाले प्रचारप्रसारका लागि साङ्लो पनि छायांकन गरिएको अभिनेता विराज भट्टले जनाएका छन् । चलचित्रमा विराज भट्टले मिस नेपाल- २०१७ निकिता चण्डकसग जोडी बाँधेका छन्।
विराज र निकिताका साथमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय गरेका छन् ।
शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
गत १२ मंसिरमा युट्यूबबाट सार्वजनिक गरिएको चलचित्र साङ्लोको चरीले काफल टिप्यो गीत २० लाख माथिले हेरेका छन् ।