साप्ताहिक संवाददाता
माघ ३, २०७६
अभिनेता इशान खट्टर चाँडै नै दर्शकमाझ चलचित्र ‘अ सुटेबल ब्वाइ’ मार्फत आउँदैछन् । यो चलचित्रमा उनले अभिनेत्री तब्बुसँग रोमान्स गरेका छन् । तब्बुसँग पहिलो पटक स्क्रिन सेयर गरेका इशानले तब्बुसँगको अनुभवलाई निकै सहज रूपमा लिएका छन् ।
‘किनभने उनी तब्बु हुन् । उनीसँग काम गर्दा तपाईंको काम आधा हुन्छ । मेरा लागि पागल प्रेमीको भूमिका निर्वाह गर्न निकै सजिलो छ । किनभने ऊ आकर्षक छ । मेरो चरित्रलाई दर्शकले पक्कै रुचाउनुहुनेछ’, उनले भनेका छन् ।
उनले अभिनेत्री तब्बुलाई ‘दबास्को’ उपनाम दिएका छन् । इशान अभिनेता साहिदका भाइ हुन् । उनले चलचित्र ‘बियोन्ड द क्लाउड्स’ बाट बलिउडमा डेब्यु गरेका थिए । यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । यो चलचित्रपछि उनी जाहन्वी कपुरसँग चलचित्र ‘धडक’ मा देखिए ।