साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री विद्या वालनले केही समयअघि महिलाप्रधान चलचित्रले २ सयदेखि ५ सय करोडसम्म कारोबार गर्ने दिन आउने समय धेरै नभएको बताएकी थिइन् । बलिउडमा महिलाप्रधान चलचित्रको संख्या उल्लेख्य बढिरहँदा विद्याको यो भनाइ आएको हो ।
बलिउडमा हाल प्रदर्शनरत अभिनेत्री दीपिका पादुकोणको चलचित्र ‘छपाक’का अलावा ‘पंगा’, ‘शकुन्तला देवी’ र ‘सायना’सहित ७ चर्चित महिला केन्द्रित चलचित्र रिलिज हुँदैछन् । बलिउडमा अभिनेत्रीले पाउने पारिश्रमिकको अनुपात पनि बढ्दै गएको छ । यो बढ्दो पारिश्रमिकमा अग्रपंक्तिमा दीपिका पादुकोण छिन् ।
उनी एक चलचित्रका लागि २६ करोड पारिश्रमिक लिन्छिन् । त्यस्तै चलचित्र ‘थलाइवी’का लागि कंगना रनावतले २५ कराड पारिश्रमिक लिएकी छन् । बलिउडमा पछिल्लो समय रिलिज भएका महिलाप्रधान बायोपिकले महिलाको परम्परागत छविलाई अस्वीकार गरिसकेको छ ।