साप्ताहिक संवाददाता
माघ ७, २०७६
अभिनेता सलमान खानको चलचित्र ‘दबंग–३’ लाई दर्शकले खासै मन पराएनन् । हाल उनी नयाँ चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाइ’ को काम गरिरहेका छन् । यो चलचित्र सन् २०२० का इदमा रिलिज हुँदैछ।
यही बीचमा उनले अर्को एक चलचित्र ‘कभी इद कभी दिवाली’ को घोषणा गरिसकेका छन् । सलमान यो चलचित्र ‘किक’ का निर्माता साजिद नाडियाडवालासँग मिलेर बनाउँदैछन् । फरहाद सामजीले निर्देशन गर्ने चलचित्रमा कृति सेनन फाइनल भइसकेकी छन् ।
कृतिले साजिदकै ब्यानरबाट निर्माण भएको चलचित्र ‘हिरोपन्थी’ बाट बलिउडमा पाइला चालेकी हुन् । कृति यो समयमा साजिद र फरहादका साथ ‘बच्चन पाण्डे’मा व्यस्त छिन् । यो चलचित्रमा उनको अपोजिटमा अक्षय कुमार छन् ।