साप्ताहिक संवाददाता
माघ ७, २०७६
प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुरज गैरेले लेखेको उक्त गीतमा सुभाष भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको यो चलचित्र माघ २४ गतेबाट रिलिज हुँदै छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन् ।
विपिन कार्की, लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्रमा सुशन प्रजापतिको छायांकन र निर्मल कुमार लामाको कोरियोग्राफी रहेको छ ।
चलचित्र ‘सेल्फी किङ्ग’ले एक चर्चित टेलिभिजन कलाकारको ३ दिने यात्राको कथा भन्ने छ ।
गीत