साप्ताहिक संवाददाता
माघ ८, २०७६
विश्वभर लोकप्रिय मानिएको अनलाइन गेम पब्जीको निर्माता कम्पनी टेनसेन्टले फेरि अर्को नयाँ गेम ल्याउने भएको छ । पब्जीका निर्माता ब्रेन्डन ग्रिनले पब्जीबाट आफूहरूले सकारात्मक तथा नकारात्मक टिपप्णी पाएपछि नयाँ गेम प्रोओलग ल्याउने तयारी गरिरहेको बताएका छन् ।
टेनसेन्टले आफ्नो नयाँ गेम यस्तो हुनेछ भनेर गेमका बारेमा टिजर पनि सार्वजनिक गरेको छ । एक पुरुष पात्रलाई केन्द्रित गरेर सार्वजनिक गरिएको टिजरले अबको नयाँ गेम सर्भाइभल गेम हो कि भन्ने अनुमान गरिएको छ ।
आफ्नो नयाँ गेमको सम्पूर्ण जानकारी दोस्रो टिजरमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ । टेन्सेन्टको यो गेम जस्तोसुकै स्मार्टफोनमा पनि खेल्न सकिनेछ । यो फोन सन् २०२० को मध्यतिरदेखि प्रयोगमा आउने अनुमान गरिएको छ ।