साप्ताहिक संवाददाता
पछिल्लो १ साता यता गायिका आस्था राउत चर्चामा छिन् । गत साता सिक्किम जाने क्रममा काठमाडौं विमानस्थका सुरक्षा कर्मचारीसँगको भनाभनपछि उनी चर्चामा आएकी हुन् । विमानस्थलको भनाभनपछि सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभमा आएकी उनको चर्चासँगै विवाद पनि चुलियो ।
त्यसपछि उनी विरुद्ध परेको उजुरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गर्यो । आफूमाथि दुव्र्यवहारगरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ ।
प्रहरीले आस्थालाई फरार सूचीमा राखेपछि आस्थाका बाबु हरिबहादुर राउतले आफ्नी छोरी फरार नभएर कार्यक्रममा गएको सबैलाई थाहा भएको उल्लेख गर्दै एक अन्र्तवार्ता दिएका छन् । उनले प्रहरीले तत्काल आउन आग्रह गरे आफ्नी छोरी कार्यक्रम छोडेर आउने पनि उनले उल्लेख गरेका छन् । गायिका राउतले पनि आफूले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने बताएकी छिन् ।
यहि बीचमा नेपाल आउनसाथ आस्थालाई पक्राउ गर्ने बताएको प्रहरी प्रशासनको पनि मनस्थिती परिर्वतन भएको छ । आस्थाका अभिभावक (आमाबुवा)ले काठमाडौं फर्किएपछि आस्थालाई प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताएका छन् । अभिभावकले आस्थालाई कार्यालय हाजिर गराउने प्रतिवद्धता गरे सहयोग गर्न तयार रहेको उनको भनाई छ ।