साप्ताहिक संवाददाता
माघ ८, २०७६
मोरङ, बेलबारी नगरपालिका उपप्रमुख (उपमेयर) तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘साहारा’सार्वजनिक भएको छ । एल्वम भित्रको एक गीतको म्यूजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पराजुलीले लेखेको सार्वजनिक गीतमा भीम बीसीले संगीत गरेका छन् । उक्त गीत संगीतकार बिसीका साथमासरु गौतमले गाएकी छिन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।
दीपक एम. सिंहले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा दिनेश कठायत र रजिना विष्टले अभिनय गरेका छन् । दीपक गिरीले छायांकन गरेको म्यूजिक भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :