साप्ताहिक संवाददाता
माघ ८, २०७६
अभिनेत्री झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर–४’मा अभिनेता सलोन बस्नेतले अभिनय गर्ने भएका छन् ।
आगामी फागुण १३ गतेबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रमा सलोनले शिर्ष अभिनेताको साथीको भूमिका निर्वाह गर्ने समाचार सार्वजनिक भएको छ ।
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले जोडीका रुपमा यो चलचित्रमा शिर्ष भूमिका निर्वाह गर्ने छन् । सलोन भने अनमोलको साथीको रुपमा चलचित्रमा देखिने छन् । चलचित्र ‘ए मेरो हजुर २ र ३’मा पनि उनले अभिनय गरेका थिए ।