साप्ताहिक संवाददाता
माघ ९, २०७६
अभिनेता भुवन केसीले ‘एन्टी हिरो’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । यो चलचित्रमा उनका छोरा अहिलेका लोकप्रिय अभिनेता अनमोल केसीले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । चलचित्रमा अभिनेत्री जसिता गुरुङ अनमोलको जोडीका रुपमा देखिने भएकी छिन् ।
बुधवार चलचित्र निर्माण पक्ष र अभिनेत्री जसिताबीच चलचित्रमा काम गर्ने औपचारिक सम्झौता भएको हो । यो चलचित्रमा अभिनेता भुवन केसीले पनि अभिनय गर्ने बताईएको छ । चलचित्रको एक नेगेटिभ रोल निर्वाह गर्न लागेका भुवन र अनमोल पहिलो पटक एक साथ पर्दामा देखिन लागेका हुन् ।
२०७७ सालको दसैंमा प्रदर्शन गर्ने गरि निर्माण गरिने भनिएको यो चलचित्रका अन्य कलाकार र निर्देशकको विषयमा भने केहि सार्वजनिक गरिएको छैन् ।