साप्ताहिक संवाददाता
माघ ९, २०७६
गायक वीरेन्द्र जोहारी र गायिका पुष्पा बोहराको स्वरमा डोटेली भाकाको ‘मुई डोली भाग २’ सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियो पनि रिलिज भएको छ ।
कमल बलमे लेखेको उक्त गीतमा संगीत पनि बमकै सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।
एक प्रेमिल जोडीको वियोगको कथा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा गायक जोहार र मोडल सम्पदा बाँनियाले जोडीका रुपमा काम गरेका छन् ।
गीतको म्यूजिक भिडियो :