साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । यहि माघ १७ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको चलचित्रको सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत तथा मानसको शब्द सुन्न सकिन्छ ।
गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई प्रस्तुत गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा जय र संगीताको प्रेमभाव प्रस्तुत गरिएको छ ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता जयराज राय हुन् । चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाले लगानी गरेका छन् ।
चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, वुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेकमा छन् ।