साप्ताहिक संवाददाता
सराना श्रेष्ठ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी हुन् । सानैबाट कलाकारिताको रस हेरेर हुर्किएकी सरनाले आफ्ना पितासँग धेरै पटक गीत गाएकी छिन् । तर, उनले आफ्ना पितासँग गाएको गीत औपचारिक रुपमा सार्वजनिक भने गरिएको थिएन् । यसै साता भने उनले आफ्ना पितासँग गाएको गीत ‘पानी छायाँ’ सार्वजनिक गरेकी छिन् ।
राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीतमा सरानाले गाएको उक्त गीतको म्यूजिक भिडियोमा पनि सराना स्वयमले अभिनय गरेकी छिन् । सरानासँगै म्यूजिक भिडियोमा पनि मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन् । उनीहरुका साथमा केविश पाण्डे र आर्शिना भट्टराईले पनि म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
सुव्रतराज आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा मदनकृष्ण श्रेष्ठले आफ्नी छोरीको खुलेर प्रशंसा गरे ।
गीतको म्यूजिक भिडियो :