साप्ताहिक संवाददाता
माघ १२, २०७६
तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ ।
कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।
‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई बिशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनको तयारीमा छ ।
यसैगरी चलचित्र निर्माणमा ‘युवा फिल्म्स’सँग ‘जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ । यस अघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’ सफल भएको थियो ।