साप्ताहिक संवाददाता
विराज भट्टको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ को अर्को गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘चरीले काफल’ हिट भएपछि विराजले दोस्रो गीत छायाँकन गरेका थिए ।
सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक फिचर्ड छन् । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । आगामी माघ २४ मा प्रदर्शन हुने यो चलचित्रको पहिलो गीत यसअघि सार्वजनिक भएको थियो ।
‘साङ्लो’ मा विराज र निकितासँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, प्रकाश शाह, लय संग्रौलालगायतका कलाकारहरुको पनि अभिनय छ । एक्सन जनराको यो चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व ,मानकृष्ण महर्जनको छायांकन र अर्जुन जिसीको सम्पादन छ । विराजको समेत लगानी रहेको यो चलचित्रका निर्माता तेज बहादुर खड्का हुन् ।