साप्ताहिक संवाददाता
माघ १२, २०७६
काठमाडौं
प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित भएका छन् ।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि यो पद खाली थियो । संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि उनले राजीनामा दिएका थिए ।