साप्ताहिक संवाददाता
माघ १४, २०७६
काठमाडौं
केहि दिनअघि प्रहरी कार्यालयमा आत्मसर्पण गरेकी गायिका आस्था राउतविरुद्ध आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गरिएको छ ।
प्रहरीले राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । त्यसकै आधारमा टेकेर अभियोगपत्र दायर गरिएको हो । अब थुनछेक बहस हुनेछ ।
प्रहरीले थुनछेक बहसका गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय पुर्याएको छ । आजै बहस हुनेछ । यदि आजै बहस सकिएमा प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटी वा साधारण तारेखमा छाड्नेछन् ।