साप्ताहिक संवाददाता
माघ १४, २०७६
काठमाडौं
गायिका आस्था राउत प्रहरी हिरासतबाट रिहा भएकी छन् । आज मंगलबार गायिका राउत ४ हजार धरौटीमा छुटेकी हुन् । हिजो सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा उनीविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।