६ औ युङ्लोङ कप २०२० को उपाधी युवा क्लब हङकङले जितेको छ । फाईनल खेलमा युवा क्लबले धरान फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरमा पराजित गरेको हो ।
चाईनिज नयाँ बर्षको उपलक्ष्यमा आयोजित फुटबल कपमा गोल्डेन स्टार फुटबल क्लब, एसिइ फुटबल क्लब, नेप्लिज प्यारेन्ट एण्ड चिल्ड्रेन फुटबल क्लब, धरान फुटबल क्लब, गोरखा ब्वाईज फुटबल क्लब, गल्ली फुटबल क्लब, सोल्टी फुटबल क्लब, ज्योती फुटबल क्लब, गोरखा ईन्टरनेशनल फुटबल क्लब, रुपन्देही फुटबल क्लब, मोना फुटबल क्लब, युङ्लोङ नेप्लिज फुटबल क्लब, युवा फुटबल क्लब गरि १३ टिम सहभागी थिए ।
कार्यक्रममा हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईले सम्पुर्ण खेलाडीहरुलाई शुभकामना दिएर भिजिट नेपाल २०२० को ब्यानर र टिसर्ट हस्तान्तरण गरेका थिए । भट्टराईले नेपाल र नेपालीहरुलाई फुटबल खेलको माध्यमबाट दिएको खुसी र सफलताको स्मरण गर्दै उत्कृष्ट खेल कौशलसँगै आफ्नो नेपालको प्रचार गर्न सुझाए ।
बिजयी टिम र खेलाडीहरुलाई कार्यक्रमका विशेष अतिथी हास्यकलाकार जितु नेपाल ९मुन्द्रे०, उमेश राई ९फुलेन्देको आमा०, राजेन्द्र नेपाली 'लट्टे'ले प्रमाणपत्र, ट्रपी प्रदान गरेका थिए ।
युङ्लोङ नेप्लिज फुटबल क्लबले हरेक बर्ष हङकङमा रहेका नेपालीहरुबिच फुटबल प्रतियोगिताको आयोजना गरिरहेको छ । अनुशासन, विकास र गतिशिलता मुख्य नारा सहित स्थापना भएको क्लबले युवाहरुबीच एकता र सहयोगी भावना जागृत गर्न पनि प्रतियोगिताको आयोजना गरेको बताए ।