साप्ताहिक संवाददाता
माघ १६, २०७६
पुरानो भाका गाईलाई चराउँदै टपक्कै टिपेर कमल भुसाल ‘चञ्चल’ले गीत गाएका छन् । आफ्नै शब्द/संगीतमा कमलले गाएको उक्त गीतमा कृष्णा परियारले गायनमा कमललाई साथ दिएकी छिन् ।
सार्वजनिक गीतको भाका पितापूर्खाका पालमा प्रचलन रहेको सर्जक कमल बताउँछन् ।
कमलले उक्त गीतको म्युजिक भिडियो पनि तयार गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिभान पोखरेलले गरेका हुन् । भिडियोमा कमल भुसाल, शाया भण्डारी, चित्रमाया श्रेष्ठ, सरु विष्ट, रुपा भुसाल, विक्रम सेन, भेषराज खनाल आदिले अभिनय गरेका छन् ।
गीतको भिडियो :