साप्ताहिक संवाददाता
माघ १६, २०७६
निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्माण घोषणा गरेका छन् । जीओजी नामको उक्त चलचित्र जेठबाट छायांकनमा जाने बताईएको छ ।
जीओजी अर्थात ‘ग्याङ अफ गानी’ १९९० को ग्याङ स्टोरी रहेको उनले बताए । यो चलचित्रका लागि अर्पण थापा र अनुपविक्रम शाही फाईनल भएका छन् । शिर्ष भूमिकामा अभिनय गर्ने अर्को एक कलाकारको नाम केहि दिनमा सार्वजनिक गरिने निर्देशक भट्टले बताएका छन् । यो चलचित्रमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि अभिनय गर्ने छन् ।
‘जीओजी’ लाई निर्देशक स्वयम्ले निर्माण पनि उनकै रहने छ । अहिले स्क्रिप्ट लेखन अन्तिम चरणमा रहेको छ ।