साप्ताहिक संवाददाता
चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबारसार्वजनिक गरिएको ‘कसम कसम’ बोलको गीतमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिन्छ ।
गीतको भिडियोमा चलचित्रका शिर्ष कलाकार पल शाह र पूजा शर्माका साथमा मोडल अलिशा शर्मालाई देख्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यही फागुन २३ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको यो चलचित्रका ३ गीत रिलिज हुन बाँकी रहेको निर्माण टिमले जनाएको छ ।
सुदर्शन थापा र पूजा शर्माले सयुक्त रुपमा निर्माण गरेको चलचित्रमा पूजा र पलका साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रको कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका सम्पूर्ण गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन् ।
गीतको भिडियो :