साप्ताहिक संवाददाता
लन्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘गोर्खा वारियर’को घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
डेब्यु कलाकार रितेश चाम्स, दयाहाङ राई, वर्षा सिवाकोटी, इन्डियन आइडल प्रशान्त तामाङ, विजय लामा, बुद्धि तामाङ, मावोत्से गुरुङ, रुपा पुन, कविता आले लगायतका कलाकारको अभिनय रहने समेत निर्माण टिमले जनाएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले केहि हलिउडका कलाकार समेत यो चलचित्रमा आवद्ध हुने जानकारी दिए । उनले चलचित्रमा ५० प्रतिशत टेक्निसियन हलिउडमा काम गरेका हुने समेत जनाएका छन् ।
गोर्खा वारियर नेपाली र अग्रेंजी भाषामा निर्माण हुनेछ । निर्माण टिमले यो चलचित्रको प्रिमियर २०२१ मा लण्डनमा गर्ने योजना गराएको छ । उक्त अवसरमा १० हजार दर्शकलाई प्रिमियरमा उतार्ने महत्वकांक्षी लक्ष्य राखेको छ । संसार हल्लाउने गोर्खालीहरुको विषयमा केन्द्रित हुने चलचित्रको आजकै दिनदेखि लण्डनबाट प्रमोशन समेत सुरु गरिएको छ ।
लण्डनमा पहिलोपटक डबल टेकर बसबाट प्रमोशन गरिएको चलचित्र निर्माणमा निर्माण युनिटले ४ करोडको हाराहारी खर्च गर्ने बुझिएको छ । तर, निर्माण टिमले चलचित्र निर्माणमा लागत एकिन नभएको तर ५ करोडको हाराहारी पुग्ने अनुमान गरेको छ । चलचित्रको केहि महिनापछि छायांकन प्रारम्भ हुने निर्देशक चाम्सले बताए ।