साप्ताहिक संवाददाता
माघ २०, २०७६
चलचित्र लभ डायरिजको गीत ‘अधुरो लाग्छ मेरो जीवन’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा मानस विक्रम थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा प्रवीण पौडेलको संगीत सुन्न सकिन्छ ।
गीतको भिडियोमा सौरभ चौधरीको कोरियोग्राफी रहेको छ । गीतमा चलचित्रका शिर्ष कलाकार सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाललाई प्रस्तुत गरिएको छ ।
गीतको भिडियो :