साप्ताहिक संवाददाता
अभिनेत्री दीपिका पादुकोण हालका दिनमा चलचित्र ‘छपाक’लाई लिएर चर्चामा छिन् । चलचित्र प्रदर्शनमा आए पनि बक्सअफिसमा यसले ठूलो कमाल देखाउन सकेन, जसका कारण उनीमाथि आलोचना गर्ने क्रम बढेको छ ।
दीपिका माथि आलोचना बढिरहँदा उनीसँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ ।समाचारअनुसार दीपिका अभिनेता ऋतिक रोशनको चलचित्र ‘कृष’को चौथो फ्रेन्चाइजीमा देखिँदैछिन् ।
यो चलचित्रका लागि ऋतिक दीपिकालाई अनुबन्ध गराउने सोचमा छन् । ऋतिकका पिता राकेशले पनि ऋतिकको कुरामा सहमति जनाइसकेका छन् । तर, यो विषयमा आधिकारिक घोषणा भइसकेको छैन । यो चलचित्रको अघिल्ला सिरिजमा प्रियंका चोपडा प्रमुख भूमिकामा थिइन् ।
दीपिका पछिल्लो केही समयदेखि बलिउडका चलचित्रहरू निकै सोचेर र बुझेर साइन गर्न थालेकी छन् । उनले अभिनय गर्ने नयाँ चलचित्रमा आफ्नो भूमिका कत्तिको प्रभावशाली छ भनेर अध्ययन गरी सम्झौता पत्रमा हस्ताक्षर गर्न थालेकी छिन् ।