साप्ताहिक संवाददाता
माघ २१, २०७६
नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स विक्री भएको छ । एक करोड १५ लाखमा ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स विक्री गरिएको हो ।
अमेरिकाको नेप्सिने कम्पनीले चलचित्रको राइट्स खरिद गरेको हो । सोमबार रंगशाला निर्माणस्थलमा सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीबीच सम्झौता भएको हो ।
चलचित्र मुनाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको रंगशालाका लागि लगानी गर्ने निर्माण पक्षले यस अघि नै घोषणा गरिसकेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।