साप्ताहिक संवाददाता
आफ्ना श्रीमान्सँगको रोमान्टिक तस्बिर पोस्ट गरेका कारण हलिउड सेलिब्रेटी किम कार्दशिन कानुनी समस्यामा परेकी छन् । किमका विरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा दर्ता गरेका हुन् । इन्स्टाग्राममा यी टेलिभिजन स्टारको उक्त पोस्टमा २० लाखभन्दा बढी लाइक आइसकेको छ ।
टीएमजेड वेबसाइटका अनुसार उक्त जोडीको तस्बिर सइदले खिचेका थिए र किमले त्यसलाई प्रयोग गर्ने अनुमति लिएकी थिइनन् । फोटोग्राफरले किमले उक्त तस्बिर पोस्ट गर्ने अनुमति नलिएको तथा कुनै शुल्कसमेत नतिरेको आरोप लगाएका छन् ।
उक्त तस्बिर नासको एल्बम रिलिज पार्टीमा खिचिएको बताइन्छ । वेबसाइटका अनुसार पछिल्ला केही महिनामा थुप्रै ठूला स्टार त्यस प्रकारले कपिराइट उल्लंघनका घटनामा फसिसकेका छन् । किमभन्दा पहिला केटी पेरी, आरियाना ग्रान्डे, जस्टिन बिबर, गिगगी हददी तथा एमिली रताजक्वोस्कीविरुद्ध पनि अनुमतिबिना तस्बिर पोस्ट गरेको आरोप लागिसकेको छ ।