साप्ताहिक संवाददाता
यसवर्षको भ्यालेनटाइनलाई लक्षित गरेर साप्ताहिकले ‘भ्यालेन्टाइन डे फोटो प्रतिष्पर्धा’ आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिन प्रतियोगीले मायाको परिभाषा दर्साउने फोटो साप्ताहिकको फेसबुक पेजमा पठाउनु पर्नेछ ।
प्रतियोगितामा प्राप्त भएका तस्विरलाई साप्ताहिकको फेसबुक पेजमा भोटिङलाई राखिने छ । सहभागि फोटोहरुमध्ये सर्वाधिक लाईक/रियाक्ट र सेयर भएका १० उत्कृष्ट तस्विरहरुलाई विशेष उपहार प्रदान गरिनेछ ।
भ्यालेनटाइन डे फोटो प्रतिस्पर्धामा भाग लिनका लागि प्रतियोगिले आफैले खिचेको वा आफ्नै भ्यालेन्टाइनको हुनुपर्नेछ । फोटोलाई फेरबदल गरिएको हुनुहुदैंन भने अश्लिल प्रकारका फोटोलाई प्रतियोगितामा समावेश नगरिने जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने तस्विरका जोडीलाई पोखरामा २ दिन ३ रातको बसाई सुविधा, क्रमशः दोस्रो देखि चौथोसम्मलाई लन्च र पाँचौ देखि दशौंसम्मलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।