साप्ताहिक संवाददाता
माघ २२, २०७६
चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ । सन्त्रासका रुपमा फैलिरहेको कोरोना भाईसबाट बच्नका लागि निम्न कुरामा ध्यान दिनु पर्छ ।
सरसफाइमा ध्यान दिने ।
बाहिरबाट आएपछि साबुनपानीले हात धुने ।
बाहिर निस्कँदा माक्स लगाउने ।
अत्यधिक ज्वरो आएमा भने सिटामोल खाने ।
माछामासु राम्रोसँग पकाएर खाने ।
वैदेशिक यात्रा गर्दा सम्बन्धित देशका बारेमा अग्रिम जानकार हुने ।
खानेकुरामा ध्यान दिने । झोलिलो खानेकुरा बढी मात्रामा खाने
धूमपान–मद्यपान नगर्ने ।
फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने ।
फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।