साप्ताहिक संवाददाता
माघ २४, २०७६
गायिका रानी शाक्यको नयाँ गीत ‘धेरैले धेरै कथा लेखें’को म्यूजिक भिडियो बजारमा आएको छ । रानी र कमल खत्रीको स्वरमा तयार भएको गीतमा शब्द शृजना गीतकार अरुण तिवारीले गरेका हुन् । गीतमा दीपकराज गौतमको संगीत रहेको छ ।
रंजन रिजाल तथा मरिश्का पोखरेलको अभिनय रहेको यस भिडियोमा जीवन शाहीको निर्देशन तथा उत्सव दहालको छायांकन रहेको छ ।
प्रेमिल गीत भएकोले भ्यालेनटाइन दिवदसको छेको पारेर रिलिज गरिने निर्माण यूनिटको तयारी रहेको छ । जसमा संगीत संयोजन पुरुषोत्तम न्यौपानेले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :