साप्ताहिक संवाददाता
‘प्रेम गीत ३’ यस वर्षको प्रतिक्षित चलचित्र हो । आगामी चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको पहिलो गीत केहि दिन अघि सार्वजनिक गरिएको थियो । यो गीत ट्रेण्डिङ १ मा समेत आएको थियो, अहिले ट्रेण्डिङ २ मा छ ।
अव सोहि गीतको ‘हो..हा....’ च्यालेन्जमा टिकटक बनाउनेलाई चलचित्र निर्माण टिमले स्कुटर उपहार दिने भएको छ । निर्माता सन्तोष सेनले भने, ‘हामीले सबैभन्दा धेरै भ्युज र लाइकलाई आधार मानेर चलचित्र प्रदर्शनको अघिल्लो दिन स्कुटर दिनेछौं, साथै अन्य ३ जनालाई स्मार्ट फोन दिनेछौं ।’ टिकटक भिडियो बनाउँदा ओर्जिनल भिडियोमा जस्तै स्टेप मिलाउनुपर्ने निर्माता तथा निर्देशक सेनको भनाई छ ।
मेलिना राई र सागर आलेको स्वरमा निर्माण भएको गीतलाई हर्कबहादुर साउदले लेखेका हुन् । गीतमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, माहोत्से गुरुङ, क्रिजन गौतम लगायतका कलाकार देखिएका छन् । निर्माण टिमले यो घोषणा गरेको केहि समयमै टिकटकमा यो भिडियो निर्माण गर्नेको जमात वढेको देखिएको छ ।