साप्ताहिक संवाददाता
प्राय: हामी सुनिरहन्छौं, चलचित्रहरू वास्तविक घटनाबाट प्रेरित हुन्छन् । तर, के हामीले कुनै त्यस्तो चलचित्र भाइरल भएको सुनेका छौं, जसको कथा आजको समयसँग मेल खाइरहेको छ ? सन् २०११ मा स्टिवन सोडरबर्गको निर्देशनमा बनेको चलचित्र ‘कन्टेजियन’ यतिबेला सामाजिक सञ्जालको ट्रेन्डिङमा छ ।
उक्त चलचित्रमा एउटा खतरनाक भाइरस फैलिएको विषयवस्तु समावेश गरिएको थियो । उक्त चलचित्रमा ग्वेनिथ पाल्ट्रो, मारियान कोटिबालर्ड, ब्रेयान क्रेन्सटन, म्याट डेमन, लरेन्स फिसबर्न, जूड ल, केट विन्सलेट आदि कलाकारले अभिनय गरेका थिए ।
उक्त चलचित्रलाई सन् २००३ मा सार्स (सिभर एक्युरेट रेस्पिरेट्र सिन्ड्रोम) तथा सन् २००९ मा स्वाइनफ्लुका भाइरस फैलिएपछि प्रेरित भएर बनाइएको थियो । त्यही प्रकारको कोरोना भाइरसले अहिले विश्वलाई आतंकित बनाएपछि सामाजिक सञ्जालमा उक्त चलचित्रको चर्चा बढेको हो ।
चीनमा कोरोना भाइरसबाट निधन हुनेहरूको संख्या २ सय १३ नाघेको छ ।