सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साईन्स बहाका लागि हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली प्रवासन नियति र रहर’ हङकङमा लोकार्पण गरिएको छ । पुस्तकमा पत्रकार डम्बरकृष्ण श्रेष्ठले संवत २०५७ देखि २०७२ सम्मको डेढ दशकभन्दा बढी समयावधिमा हिमाल खबरपत्रिकामा लिखित नेपालीहरुको प्रवासन, कारण, रहर र यसले श्रृजित सामाजिक परिस्थिती सम्बन्धि लेखहरु समावेश गरिएको छ ।
कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, ब्यवसायीहरुको उपस्थित रहेको थियो । पुस्तकको समिक्षा गर्दै ब्यवसायी तथा लेखक कमल पौडेलले भने प्रकाशित पुस्तक लिपीबद्ध ईतिहास हो, जहाँ नेपालीहरुको प्रवासनको ईतिश्री वास्तविकता र आवश्यकता समेटिएको छ । अन्य देशहरुमा प्रवासित नेपालीहरुको अवस्थासँगै हङकङका नेपाली र उनीहरुको पिडा र सफलता पुस्तकमा समावेश गरिएको छ । डेढ सय बर्ष भन्दा बढी वेलायतको उपनिवेश रहेको हङकङसँग बिट्रिस गोर्खा सैनिक, ब्यापार र घरेलु कामदारका कारण गासिएको सम्बन्ध र बसोबासको अवस्थालाई मिहिनरुपमा पुस्तकमा समेटिएको छ । गोर्खाली वीरता, साहसिकता मात्र हैन ब्यवसायीकतामा पनि आफुलाई अब्बल बनाईरहेको सफलताको कथाले हङकङेली नेपाली मात्र हैन, संसारकै नेपालीहरुलाई उर्जा प्रदान गर्दछ ।
डम्बरकृष्ण श्रेष्ठ
कार्यक्रममा कानुन ब्यवसायी ईन्द्र वनेमले पत्रकार डम्बरकृष्ण र उनको लेखन शैलीको प्रशंसा गरे । गैह्कानुनीरुपमा हङकङ प्रवेश गरेका नेपालीहरुको पिडा र दलालीहरुको चलखेलले निम्त्याएको भयावह अवस्था पुस्तकमा समेटिएको बताए । आकर्षक कमाईको लोभले मकाउ र चीन हुदै हङकङ प्रवेश गरेका नेपालीहरुलाई प्रत्यक्ष भेटेर उनीहरुको पिडादायी वास्तविकतालाई पुस्तकले केहि हदसम्म प्रकाश पारेको छ । पुस्तकमा सम्बन्धित विज्ञहरुसँग हङकङ भिषा, रोजगारी र कानुनी प्रावधानका बिषयहरुपनि उल्लेख गरिएको छ, जसले गर्दा विदेश र विदेशीएका नेपाली बुझ्न चाहनेहरुलाई सहज हुनेछ ।
वनेम भन्छन् लेखक डम्मर, धरानबाट भएकाले पनि पुस्तकमा हङकङ र धरानको शन्र्दभलाई अझ विशेषरुपमा उल्लेख गरिएको छ । एभरेष्ट मिडिया लिमिटेडले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईले गरेका थिए । पत्रकार श्रेष्ठले वैदेशिक रोजगार बिटमा रहेर कतार, मलेसिया, सिंगापुर, हङकङ, युरोपका १० वटा देशहरु र अमेरिकाका ११ वटा राज्यहरुमा पुगेर नेपालीहरुको अवस्था सफलता र निराशाको कथाहरु लेखेका थिए ।
श्रेष्ठ अहिले आफै हङकङ प्रवासनमा छन् । कार्यक्रममा बोल्दै भन्छन् मैले पुस्तकका लागि यि लेखहरु लेखेको थिईन । लगभग २२ बर्ष पत्रकारितामा लाग्दा अनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कथा लेख्दा यतिका नेपालीहरुको अवस्था लेखिएछ । विशाल सपना बोकेर खाँडी मुलुकमा परिश्रम गर्ने नेपालीहरु देखी वीरताको कथा बोक्ने लाहुरे र सीपको माध्यमले विदेशमा नेपाल चिनाईरहेका नेपालीहरुको अवस्था नै मेरो लेखको बिषय बन्यो ।
सोसल साईन्स बहाको अनुरोध र हिमाल खवर पत्रिकामा मैले गरेका रिपोटिङहरु (जुन अहिलेपनि समय सान्र्दभिक छ) लाई विभिन्न अध्यायमा विभाजन गरि पुस्तककोरुप दिने सल्लाहअनुरुप नेपाली प्रवासन नियति र रहर पुस्तककोरुपमा आएको हो ।
डम्बर भन्छन् अवको नेपाल ति श्रृजनशिल युवाहरुको हातमा छ, जो विदेशमा सीप र प्रचुर अनुभवले खारिएका छन् । मरुभुमिमा शुन्दर भबिष्य सोचेर पसिना बगाउने र विदेशमा उच्च सफलता र सम्मानका साथ काम गर्ने नेपालीहरु देखे । सवैको सोच विदेशमै पलायन हुने भन्दा फर्केर आफ्नै देशमा केहि गर्ने हुटहुटी पाए । गुडबाई अमेरिका भन्दै नेपाल फर्किएका तन्नेरीहरुको योजनाले संसारका नेपालीहरुलाई प्रेरणा दिन्छ । विदेशमा बसेर पनि खेल, सीप र अध्ययनको माध्यमबाट नेपाल चिनाईरहेका नेपालीहरुको सफलताले थप उर्जा प्रदान गर्छ । हङकङ, बेलायतमा लाहुरेको वीरता र गौरवको कथाले हाम्रो साहसिक परिचय अझ फराकिलो पार्दछ । यि नै बिषयहरुनै मेरा लेखनको खुराक बने ।
पुस्तकमा मैले विदेशका अप्ठ्याराहरु, धनका आशमा दैनिक बाकसमा फर्किएका लाशहरु, वैदेशिक रोजगारीमा सल्बलाएका दलालहरु, पिडा मिश्रित स्वरहरुको आवाज, उद्धार र बनेका कानुनहरु समेतलाई पुस्तकको बिषय बनाएको छु ।