साप्ताहिक संवाददाता
माघ २८, २०७६
गायिका टीका प्रसाईं र गायक लेखराज गुरुङको आवाजमा नयाँ गीत ‘नसकिने भो’ सार्वजनिक भएको छ । टीकाकै शब्द संगीत रहेको सार्वजनिक गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा र स्वयं गायक–गायिकाले अभिनय गरेका छन् । भिडियोमा बाल कलाकार अरिष्ना भट्टराई र शंकर गुरुङले समेत अभिनय गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई शैलन लम्सालले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :