झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७६

द भ्वाइस अफ नेपाल रियालीटी सोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक भएको छ । भण्डारीको स्वरमा रहेको  ‘सम्झी रुना रुना’ बोलको गीत हालै सार्वजनिक भएको हो । 

गीत गायिका भण्डारी र कमल संघर्षले सयुक्त रुपमा लेखेका हुन् । पाण्डव बिष्टले संगीत भरेको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् । 

विनोद याक्खा र विरेन तितुङ्गले गीतको म्यूजिक भिडियो छायांकन गरेका हुन् । म्यूजिक भिडियोमा झुप्री स्वयंलाई प्रस्तुत गरिएको छ । साथमा उनका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीले पनि अभिनय गरेकी छन् । म्यूजिक भिडियोको निर्देशन भने कमल संघर्ष र बरुण रिजालले गरेका हुन् । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×