साप्ताहिक संवाददाता
चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ ।
डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा चलचित्रका शिर्ष कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ । दिलिप र प्रियंका तथा सलोन र वर्षालाई जोडीका रुपमा प्रसतुत गरिएको छ ।
भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चैत २१ गते रिलिज हुने यस चलचित्रलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि शिवहरी आफौले तयार गरेका हुन् । कमेडी जनरमा निर्माण भएको यो चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
किरण केसीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।