भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

- साप्ताहिक संवाददाता

फाल्गुन २, २०७६

भ्यालेन्टाइन डेको पूर्वसन्ध्या पारेर द क्रिएसन फेसन स्कूलले काठमाडौंमा ‘भ्यालेन्टान्स फेसन शो सिजन ८’ आयोजना गरेको छ ।

फेसन शोमा विभिन्न तीन सिक्वेन्समार्फत् भ्यालेन्टाइन विशेष पहिरन प्रदर्शन गरियो । एक दर्जन भन्दा बढी मोडलले विभिन्न फेसन डिजाइनरद्वारा तयार पारेका पहिरन प्रस्तुत गरेका थिए ।

फेसन शोमा अभिनेत्री सुपुष्पा भट्ट तथा टेलिभिजनकर्मी तथा मोडल निलम चन्द ‘शोजटपर’का रुपमा थिए ।

प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा बिना थापा, अर्चना काउचा मगर, अनिता श्रेष्ठ, हेमा गुरुङ, सबिना गुरुङ तथा त्रिवेदी बुटिकद्वारा तयार पारिएका पहिरन प्रदर्शन गरिएको थियो ।

फेसन शोमा अञ्जना बराइली, पूजा गिरी, उरिका लामा, पूजा पुरी, हेली जोनी प्रधान, हेमा हमाल, फ्लाबिया श्रेष्ठ, राभ्ना, श्वेता श्रेष्ठलगायत मोडलले क्याटवाक गरेका थिए । 

प्रकाशित :फाल्गुन २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×