साप्ताहिक संवाददाता
फाल्गुन ४, २०७६
गायक सत्यराज आचार्य एक नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएका छन् । उनले आफ्नो सार्वजनिक गीतमा फूल झर्दा आफ्नी मायालुलाई देखेको भाव अभिव्यक्त गरेका छन् ।
उनले प्रणय दिवसको छेको पारेर ‘सारा फूल...’ बोलको प्रेमिल गीत सार्वजनिक गरेका हुन् । डा. प्रदीप कुमार मैनालीको शब्द रचना रहेको गीतमा संगीत किरण श्रेष्ठले भरेका छन् ।
गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहोरले अभिनय गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विक्रम धमलाले गरेका छन् भने निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :