साप्ताहिक संवाददाता
हलिउड चलचित्र उद्योगको आकारमात्रै होइन, विधागत विविधता पनि उत्तिकै छ । यो परम्परागत कथावाचन शैलीलाई छोडेर साइन्स फिक्सनदेखि एनिमेसनका अनेक आयामको खोजीमा छ । तथापि प्रेम हरेक कला विधाको नियमित विषय रहँदै आएको छ । पछिल्लो दशकका हलिउडका चलचित्रलाई सरसर्ती नजर लगाउने हो भने प्रेम विषयकेन्द्रित रोमान्टिक चलचित्रको संख्या निकै छ । जसमध्ये केही चलचित्र कालजयी सूचीमा दर्ज भएका छन् । सन् २००९ देखि २०१९ सम्म निर्माण भएका त्यस्ता चलचित्रमध्ये दसलाई हामीले भ्यालेन्टाइन डेको सन्दर्भमा चर्चा गरेका छौं :
द टाइम ट्राभलर्स वाइफ (२००९)
रोबर्ट स्वेन्टकेको निर्देशनमा बनेको यो चलचित्र स्याटर्न अवार्डको बेस्ट फ्यान्टासी फिल्मको रूपमा मनोनीत थियो । टिन च्वाइस एवार्डका लागि यस चलचित्रकी नायिका रेचन म्याकएडम्स च्वाइस मुभी एक्ट्ेरसका लाथि मनोनीत थिइन् । औड्ेर निफेनिगरको उपन्यासमा आधारित यो चलचित्र दर्शकको रोजाइमा परेको थियो । चलचित्रमा रेचलका साथमा इरिक बाना र रोन लिभिङ्टन मुख्य भूमिकामा थिए । ३९ मिलियन डलरको लागतमा निर्माण गरिएको यो चलचित्रले १ सय १ मिलियन डलर बराबरको व्यवसाय गरेको थियो ।
भ्यालेन्टाइन्स डे (२०१०)
गेरी मार्शलको निर्देशनमा बनेको यो चलचित्रले २१ दशमलव ६९ करोड डलरको व्यवसाय गरेको थियो । यो चलचित्र रोमान्स तथा कमेडी विधामा आधारित थियो । चलचित्रमा प्रेम सम्बन्धमा हुने समस्या तथा तिनको समाधानलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ, जसलाई दर्शकहरूले मन पराए । चलचित्रमा जेसिका अल्बा, काथी बाट्स, जेसिका बेल, ब्राड्ली कुपर आदि कलाकारले अभिनय गरेका थिए ।
मिडनाइट इन पेरिस (२०११)
यो चलचित्र सन् २०११ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये उत्कृष्ट रोमान्टिक चलचित्रका रूपमा स्थापित भएको थियो । चलचित्रका मुख्य पात्र हरेक दिन सन् १९२० को यात्रामा निस्कन्छन्, त्यो पनि आफ्नी प्रेमिका (हुनेवाला श्रीमती) सँग । चलचित्रलाई वुड एलिनले निर्देशन गरेका हुन् । यो चलचित्रमा ओवेन विल्सन, राचेल म्याकएडम्स, केथी बेट्स, कार्ला ब्रुनीजस्ता कलाकारले अभिनय गरेका थिए । १७ मिलियन डलरको यो चलचित्रले १ सय ५४ मिलियन डलर आम्दानी गरेको थियो ।
सिल्भर लाइनिङ्स प्लेबुक (२०१२)
डेविड ओ रसेलद्वारा निर्देशित यो चलचित्रमा ब्रेड्ली कुपर, जेनिफर लरेन्स, रोबर्ट डी निरो, ज्याकी बिबर आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा पूर्वजन्मको प्रेम पुनरागमन भएको एउटा रहस्यमयी कथा चित्रण गरिएको छ । दर्शकहरूको रोजाइमा परेको यो चलचित्र २१ मिलियन डलरको लगानीमा निर्माण गरिएको थियो, जसले २ सय ३६ मिलियन डलरबराबरको आम्दानी गरेको थियो ।
द बेस्ट अफर (२०१३)
यो एउटा क्राइम मिस्ट्री रोमान्टिक चलचित्र हो, जसमा एकजना युवकको तस्बिरमा देखिएकी युवतीसँग प्रेम हुन्छ । उनी उक्त अलौकिक प्रतिभाका कारण आफ्नो सुखद जीवन बाँच्न सफल हुन्छन् । चलचित्रमा प्रेमका विविध रूपलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । ग्युसेप टर्नेटरद्वारा निर्देशित यो चलचित्रमा जियोफ्रे रस, जिम स्टरगस, सिल्भिया होएक्स, डोनाल्ड सदरल्यान्ड आदि कलाकारले अभिनय गरेका छन् । १८ मिलियन डलरको लगानीमा बनेको यो चलचित्रले २१ मिलियन डलर आम्दानी गरेको थियो ।
द थ्यौरी अफ एभ्रिथिङ (२०१४)
सन् २०१४ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये द थ्यौरी अफ एभ्रिथिङलाई उत्कृष्ट रोमान्टिक चलचित्र मानिएको थियो । यो चलचित्रमा प्रसिद्ध भौतिक विज्ञानका ज्ञाता स्टिफन हकिङ तथा उनकी श्रीमतीको सम्बन्ध चित्रण गरिएको छ । दर्शकको रोजाइमा परेको यो चलचित्रले केही एवार्डसमेत जितेको थियो । यो चलचित्रलाई जेम्स मार्शले निर्देशन गरेका थिए, जसमा एडी रेडमेन, फेलिसिटी जोन्स, टम प्रायर, सोफी पेरी आदि कलाकारले अभिनय गरेका छन् । १५ मिलियन डलर लगानी गरिएको यो चलचित्रले १ सय २३ मिलियन डलर आम्दानी गरेको थियो ।
ब्रुकलिन (२०१५)
जोन क्रोलीद्वारा निर्देशित यो चलचित्रमा सोइरस रोनन, इमोरी कोहेन, डोमनल ग्लिसन, जिम ब्राडसेन्ट आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा एक युवक आइरिश आप्रवासी एउटी युवतीसँगको प्रेममा परेपछि उत्पन्न हुने परिस्थितिलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । ११ मिलियन डलरको लगानीमा निर्माण भएको यो चलचित्रले ६२ मिलियन डलर आम्दानी गरेको थियो ।
मी बिफोर यू (२०१६)
थिया शराकद्वारा निर्देशित यो चलचत्रिमा एउटा युवकले आफ्नो जागिर गुमाएपछि कसरी पक्षघातग्रस्त बिल ट्ेरय्नोर रोगबाट पीडित युवतीलाई सहयोग गर्छन् भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्र निकै रोमान्टिक छ, जसमा दुवै प्रेम गर्ने व्यक्तिले भोग्नुपरेका समस्याहरूलाई चित्रण गरिएको छ । चलचित्रमा इमिलिया क्लार्क, साम क्लाफिन, जेना कोलम्यान आदि कलाकारले अभिनय गरेका छन् । २० मिलियन डलरको लगानीमा निर्माण गरिएको यो चलचित्रले २ सय ८ मिलियन डलर आम्दानी गरेको थियो ।
कल मी बाई योर नेम (२०१७)
लुका गुआडागिनोको निर्देशनमा बनेको यो चलचित्रमा एउटी युवतीको आफ्नो बुवाका सहायकसँग प्रेम हुन्छ । उक्त प्रेमलाई सफल बनाउनका लागि उनीहरूले के–कस्ता समस्या भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा आकर्षक शैलीमा चित्रण गरिएको छ । यो चलचित्रमा अर्मी हम्मर, टिमोथी चालामेट, अमिरा कासर आदि कलाकारले अभिनय गरेका छन् । साढे ३ मिलियन डलरको लगानीमा निर्माण गरिएको यो चलचित्रले ४२ मिलियन डलर आम्दानी गरेको थियो ।
टु अल द ब्वाइज आई ह्याब लभ्ड बिफोर (२०१८)
सुसन जोन्सनको निर्देशनमा बनेको यो चलचित्रमा लाना कोन्डर, नोह सेन्टिनियो, जानेल पेरिस, एन्ना क्याथकार्ट आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रलाई पनि सन् २०१८ मा प्रदर्शन भएका उत्कृष्ट चलचित्रमध्ये एक मानिएको छ ।
लङ सट (२०१८)
जोनाथन लेभिनको निर्देशनमा बनेको यो चलचित्रमा सेथ रोगन, चार्लिज थेरोन, ओसिया ज्याक्सन जुनियर, एन्डी सेर्किस आदि कलाकारले अभिनय गरेका छन् । ४० मिलियन डलरको लगानीमा निर्माण भएको यो चलचित्रले ५३ मिलियन डलर आम्दानी गरेको थियो । व्यावसायिक रूपमा खासै सफल नभए पनि यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा एक कुशल युवकको एउटी बाठी, परिष्कृत तथा कुशल राजनीतिज्ञ युवतीसँग प्रेम हुन्छ । दुई भिन्न पृष्ठभूमिका व्यक्तिको उक्त प्रेमले दर्शकको मन जितेको थियो ।