साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७६
नेपाली गायक दिवेश पोखेरलले अमेरिकन आइडलको १८ औँ सिजनमा शिर्ष २० को यात्रा तय गरेका छन्।
कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका २० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।
अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चा गरेका थिए ।
अमेरिकी आइडलको १८ औँ शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।