साप्ताहिक संवाददाता
चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् । केशव भट्टराइको निधनपछि आर्थिक संकटमा रहेको परिवारलाई पाण्डेले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् । निर्मात्री पाण्डेले भट्टराई पत्नी नीता भट्टराइलाई भेटेर उक्त रकम सहयोग गरेकी हुन् ।
उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसागै अहिले चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक संकटमा परेको खबर सार्वजनिक भएका थिए । खबर सार्वजनिक भएसँगै पाण्डेले उक्त रकम सहयोग गरेकी हुन् । सहयोग रकम हस्तान्तरण पश्चात पाण्डेले आफू पनि आमा भएकाले आमाको समस्या बुझेर सहयोग गरेको उल्लेख गरेकी छिन् ।
निर्मात्री पाण्डेले लगानी गरेको चलचित्र यहि फागुन ९ गतेबाट अल नेपाल रिलिजको तयारीमा छ ।