साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७६
अभिनेत्री निशा अधिकारीले आमा बनेपछि पुन: चलचित्र क्षेत्रमा पुनरागमन गर्ने मुड बनाएकी छिन् । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेपछि अघिल्लो वर्ष अमेरिका पुगेर पहिलो सन्तान छोरा जन्माएपछि अहिले आएर निशाले पुन: चलचित्रमा फर्कने संकेत गरेकी हुन् ।
हालै एउटा समारोहमा उपस्थित भएकी निशाले छोरा दुई वर्ष पूरा हुन लागेकाले अब चलचित्रका बारेमा सोच्न थालेको बताएकी हुन् । अहिले उनका छोरा २१ महिनाका भए ।
आफूले गर्न जानेको काम नै अभिनय भएकाले त्यसबाट टाढा जान नसक्ने उनको भनाइ छ । छोरा मन्टेश्वरीमा जाने भएपछि आफू चलचित्रमा फर्कने उनको योजना छ ।